काेराेना संक्रमित मनाेज गजुरेलकाे स्वास्थ्य अवस्था गम्भीर, आईसियूमा हुँदैछ उपचार

काठमाडौँ । काेराेना संक्रमित हाँस्य कलाका मनाेज गजुरेलकाे स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसियूमा सारिएकाे छ । उनकाे  पारिवारिक स्राेतले यसबारे पुष्टि गरेकाे हाे ।

उनीमा कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएकाे थियाे । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । हाल उनको आईसियूमा उपचार भइरहेको छ ।

केही दिनअघि मनाेजले सामाजिक सञ्जाल फेसबुकमा पूर्ण रूपमा स्वस्थ नभइसकेकाे उल्लेख गरेका थिए । उनले लेखेका थिए- ‘अझै पुर्ण सुधार भैसकको छैन । शरीरले फरक फरक कृया-प्रतिकृया देखाई रहेको छ । माफ गर्नुहोला, फोन, म्यासेज उठाउन सकिरहेको छैन । सकेसम्म सबैजना कोरोनाबाट जोगिन सक्नुहोस् । संक्रमितहरुलाई आत्मबल मिलोस् ।’

प्रतिक्रिया