‘ए मेरो हजुर ३’ अब युट्युबमा (फिल्मसहित)

काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’ आज युट्युबमा रिलिज भएको छ ।

हलमा रिलिज भएको डेढ बर्षपछि आज बुढा सुब्बाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हाे । अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतलाई मुख्य भुमिकामा देख्न सकिन्छ । यो चलचित्रले हलमा राम्राे व्यापार गरेको थियो ।

युटुबमा आउनु अगाडि चलचित्रलाई विदेशमा र टेलिभिजनमा पनि रिलिज गरिएको थियो । चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा ‘ए मेरो हजुर ४’को छायांकन पनि सुरु भैसकेको छ ।

चलचित्रमा अनमोल सुपरस्टार गायक र सुहाना उनको फ्यानको भुमिकामा रहेकाे देखाइएकाे छ ।

भिडियाे :

प्रतिक्रिया