दीपिका अस्वस्थ भएपछि ‘कृष्ण लिला’ मा श्रद्धा अनुबन्धित

काठमाडौं । चलचित्र ‘कृष्ण लीला’ मा अभिनेत्री दीपिका प्रसाईले अस्वस्थताका कारण हात झिकेपछि उनको ठाउँमा श्रद्धा क्षेत्री अनुबन्धित भएकी छिन् । दीपिका थाइराइड र माइग्रेसनको समस्याले पीडित भएका कारण चलचित्र गर्न नसकेको बताइएको छ ।

लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गरिरहेकी श्रद्धाले यसअघि अभिनेता पल शाहसँग चलचित्र ‘हृदयभरी’ मा काम गरिसकेकी छिन् । तर, यो चलचित्र प्रदर्शनको पखाईमा रहेको छ । ‘कृष्ण लीला’ मा भने श्रद्धाले नायक पुष्प खड्कासँग रोमान्स गर्ने भएकी छिन् । यो चलचित्रलाई लिएर श्रद्धा निकै उत्साहित पनि छिन् ।

प्रेमकथामा आधारित रहेर बन्न लागेको सो चलचित्रमा पुष्प र श्रद्धा अलवा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । उक्त चलचित्रमा लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको छ, जसलाई निर्देशक दीपक ओलीले निर्देशन गर्दैछन् ।

चलचित्रकाे छायाँकन मंसिर १५ गतेबाट सुरु हुने भएको छ ।

प्रतिक्रिया