खुल्लामञ्चबारे मेयरको प्रष्टोक्ति : ‘काठमाडौं मागीखानेहरुको सहर भनेर नचिनियाेस् भन्ने हाम्राे चाहना हाे’
२०७७ कार्तिक १९ गते

काठमाडौं । काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुल्लामञ्चमा खाना वितरण गर्न राेक लगाउने निर्देशनबारे स्पष्टाेक्ति दिएका छन् ।
बुधबार एक पत्रकार सम्मेलन गरी मेयर शाक्यले काठमाडौंलाई गरिखानेहरूको सहरका रुपमा चिनाउनुपर्छ भन्ने आफ्नो मान्यता भएको स्पष्ट पार्दै खुलामञ्च लगायतका स्थानमा नि:शुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरे ।
उनले भने, ‘सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले खाना खुवाउने कार्य भइरहेकाे जनगुनासाे छ । यसलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु’, उनले भने । यसका लागि उनले महानगरले सहयाेग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
साथै उनले काठमाडौं मागीखानेहरुको सहर हो भनी विश्वलाई चिनाउने प्रयास कसैबाट नहोस् भन्ने चाहना रहेकाे पनि बताए ।
२०७७ कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित









