भिटेनले मागे माफी

काठमाडौं । समिर घिसिङ (भिटेन) ले एक विज्ञप्ति मार्फत् माफी मागेका छन् ।

भिटेनले केहि दिन अगाडि ‘पारा’ बोलको गीत आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका थिए । उक्त गीतमा प्रयोग भएका शब्दहरुमाथि आपत्ति जनाउँदै प्रहरीले भिटेनको खोजि समेत गरेको थियो । आफ्नै गीत बिवादमा तानिएपछि भिटेनले माफी मागेका हुन् ।

सो गीतको भिडियोबाट केहि निकायहरुमा पर्न गएको असरलाई मध्येनजर गर्दै सो भिडियो हटाइएको भिटेन द्वारा जारि विज्ञप्तिमा उल्लेख गरिएको छ । भिटेनले उक्त गीतका आपत्तिजनक शब्दहरु संशोधन गरि पुनः सार्वजनिक गरिने जानकारी दिएका छन् ।

यो भन्दा पहिले पनि भिटेनको ‘हामी यस्तै त हाेनी ब्रो’ गीतमा प्रयोग भएका शब्दहरुले नकारात्मक असर पर्न गएको भन्दै प्रहरीले जेल हालेको थियो ।

 

प्रतिक्रिया