माधव नेपाल निकट मन्त्रीलाई राजीनामा दिन मुख्यमन्‍त्री शाहीको आग्रह

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालालाई मन्‍त्रीबाट हट्न आग्रह गरेका छन् । मन्त्रिपरिषद् पुनर्गठनकाे तयारीमा जुटिरहेका मुख्यमन्त्री शाहीले माधवकुमार नेपाल निकट मन्त्री ज्वालालाई पदबाट हट्न आग्रह गरेका हुन् ।

स्राेतका अनुसार पद बाँडफाँडमा सन्तुलन मिलाउन मुख्यमन्‍त्री शाहीले मन्‍त्री ज्वालालाई पदबाट राजीनामा दिन आग्रह गरेका हुन् । मुख्यमन्त्रीविरुद्ध अविश्‍वासको प्रस्ताव ल्याएपछि नेपाल समूहका तीनजनालाई पदबहाली गर्ने भन्दै शाहीले आश्वासन दिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई मन्त्रीहरुलाई पनि राजीनामा दिन आग्रह गरेका थिए ।

यद्यपी प्रम ओलीले आफू निकट मन्त्रीहरुलाई हतारमा राजीनामा नदिन सुझाएकाे स्राेतकाे भनाइ छ ।

प्रतिक्रिया