होम आइसोलेसनमा बसेका दुई संक्रमितको निधन

काठमाडौं । पूर्वी नवलपरासीमा होम आइसोलेसनमा बसेका दुई कोरोनाभाइरस संक्रमितको निधन भएको छ । गैंडाकोट नगरपालिका २ की ७७ वर्षीया महिला र कावासोती नगरपालिका ६ का ६७ वर्षीय पुरुषको कोरोनाभाइरसका कारण निधन भएको हो ।

उनीहरु दुवै केही दिनअघि कोरोना पुष्टि भएपछि घरमा नै आइसोलेसनमा रहेका थिए । दुवै जनाको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने तयारी भैरहेको छ ।

प्रतिक्रिया