किंग्स इलेभेन पञ्जाबमाथि राजस्थानको ७ विकेटको जित

काठमाडौं । राजस्थान रोयल्सले युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा किङ्स इलाभेन पन्जाबलाई पराजित गरेको छ । आबुधाबीमा गएराति भएको खेलमा राजस्थानले पन्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

पञ्जाबले दिएको १८६ रनको लक्ष्य पछाएको राजस्थानले १७।३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । राजस्थानका लागि बेन स्टोक्सले ५० रन बनाए भने सन्जु सामसनले ४८, रोविन उथप्पाले ३०, स्टिभन स्मिथले ३१ र जस बटलरले २२ रन बनाएका थिए । पञ्जाबका बलर मुरुगन आश्विन र क्रिस जोर्डनले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाउदै १८५ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेलले सर्बाधिक ९९ रन बनाएका थिए । गेलले ६३ बल खेल्दै ६ चौका र ८ छक्का प्रहार गर्दै ९९ रन बनाएका हुन् । गेलले ९९ रन बनाएको अवस्थामा जोफ्रा आर्चरले उनलाई बोल्ड गरेका थिए । साथै गेलले आफ्नो टी(२० क्यारियरमा एक हजार छक्का पुरा गरेका छन् ।

त्यस्तै कप्तान केएल राहुलले ४६ रनको योगदान दिए भने निकोलस पुरनले ९ बलमा २२ रन बनाएका थिए । त्यस्तै मनदीप सिंह शुन्यमा आउट भएका थिए । त्यस्तै ग्लेन म्याक्सवेलले अविजित ६ रन बनाए । राजस्थानका लागि जोफ्रा आर्चर र बेन स्टोकले २-२ विकेट लिएका थिए ।

प्रतिक्रिया