कलाकार अशोक शर्मालाई कोरोना पुष्टि

काठमाडौं । कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मामा कोरोना पुष्टि भएको छ ।

बिहीबार (हिजो) नेपाल मेडिकल कलेजमा गराएको पिसिआर टेष्टमा शर्मामा कोरोना पुष्टि भएको हो । शर्माले शुक्रबार (आज) सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कोरोना संक्रमित भएको जानकारी गराएका हुन् । शर्माले आफूसँग सम्पर्कमा आउने सबैलाई सचेत रहन र कोरोना परिक्षण गर्न आग्रह गरेका छन् ।

शर्माले फेसबुकमा लेखेका छन् –‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ ।’ ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’

प्रतिक्रिया