छबिराज ओझाले ‘कसले चोर्यो मेरो मन २’ निर्माण गर्दै

काठमाडौं । निर्माता छबिराज ओझाले चलचित्र ‘कसले चोर्‍यो मेरो मन २’को निर्माण गर्ने भएका छन् ।

‘कसले चोर्‍यो मेरो मन ’ मा  रेखा थापा र आर्यन सिग्देल मुख्य भुमिकामा रहेका थिए । ‘कसले चोर्‍यो मेरो मन २’ लाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्दैछन् । नयाँ कथामा चलचित्र निर्माण हुन लागेको हो ।

अब चलिचत्रमा नयाँ कलाकारहरु रहने छन् । जसको कथा स्व. छेतेन गुङले लेखिरहेका थिए । छेतेनको निधन पश्चात कथाको काम पनि रोकीएको बुझिएको छ । यो चलचित्र दश बर्ष अगाडि रेखा फिल्मसको ब्यानरमा बनेको थियो ।

रेखाले तीन बर्ष ‘कसले चोर्‍यो मेरो मन फेरी’ नाममा चलचित्र बनाउने घोषणा गरेकी थिइन् । तर, सो कामलाई रोकेर उनले ‘रुद्रप्रिया’ बनाएकी थिइन् । 

प्रतिक्रिया