कलाकार सुशीला दाहालको निधन

काठमाडौं । कलाकार सुशीला दाहालको बिहीवार (हिजाे) बिहान वाल्थमस्थित हस्पिस केयर सेन्टरमा निधन भएको छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको लालपुर्जा, चिरञ्जीवी जस्ता टेलिचलचित्रमा अभियन गरेकी उनकाे ६७  वर्षमा निधन भएकाे हाे ।   दाहाल लामो समयदेखि पेल्भिक क्यान्सरबाट पीडित थिइन् । उनका एक छोरा र एक छोरी छन् ।

लामो समयदेखि अलग बस्दै आएका उनका श्रीमान् बद्री दाहालको पनि यही मंगलवार अष्ट्रेलियामा निधन भएको छ । विगत १७ वर्षदेखि वोस्टनमा बसोबास आएकी दाहाल वोस्टन समाजमा मिलनसार र परिचित समेत थिइन्

उनका छोरा टेक्ससमा बसोवास गर्ने भएकाले उनको अन्तिम दाहसंस्कार दुइ तीन दिनपछि टेक्ससमा लगेर गरिने भएको छ ।

प्रतिक्रिया