सुनिताको कर्णप्रिय आवाजमा ‘हजुरको दैलोमा’

काठमाडौं । अहिलेकी लोकप्रिय गायिका सुमधुर आवाजकी धनि सुनिता बुढा क्षेत्रीको नयाँ तिहार गीत भर्खरै मात्र बजारमा आएको छ । सुनितालाई केटाको स्वरमा गायक मानसिङ खड्का र भुबन खड्काले साथ दिएका छन् भने, केटिमा सरस्वती शाहीले साथ दिएकी छिन् ।

सुनिता पछिल्लो समय धेरै ब्यस्त गायिका मध्यकी एक हुन् । अहिले उनको स्टुडियोमा धाउदा नै दिनचर्याहरु बितिरहेका छन् । त्यसै त अहिले चाडवाडको समय हो । कलकारहरुले धमाधम दसैं तिहारका गीतहरु बजारमा ल्याइरहेका छन् । त्यस्तै सुनिताले पनि ‘हजुरको दैलोमा’ तिहार गीत लिएर आएकी छिन् ।

उक्त गीतमा भद्र नकालको शब्द र मानसिङ खड्काको संगीत रहेको छ । गीतमा धेरै कलाकारहरु समाबेश गरिएको छ । मानसिङ खड्काको निर्देशनमा तयार भएको सो गीतमा प्रकाश खड्काकाे छायाँकन र राजकुमार मगरको सम्पादन रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया