भिटेनको ‘पारा’ युट्युबकाे एक नम्बर ट्रेन्डिङमा

काठमाडौं । चर्चित र्‍यापर भिटेन उर्फ समिर घिसिङको नयाँ र्‍याप ‘पारा’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा रहेको छ।

अहिले सो गीत युट्युब ट्रेन्डिङ एक नम्बरमा रहेको छ । गीतले ५ दिनमा १० लाख भ्यूज कटाउनु पनि सफलताको सूचक नै मानिन्छ। उक्त गीतले झण्डै चाैरानब्बे हजार लाइक्स र साढे आठ हजार कमेन्टहरु पाइसकेको छ । कमेन्ट हेर्ने हो भने, अधिकांश कमेन्ट भिटेनलाई फुर्क्याउने खालकै छन् ।

भिटेनलाई एक वर्ष अगाडि अश्लील गीत गाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।

अहिलेको गीतमा पनि भिटेनले ‘माल’ शब्दका साथै अश्लील शब्दको समेत प्रयोग गरेका छन् ।

 

प्रतिक्रिया