क्यामेराको लेन्सबाट संखुवासभालाई नियाल्दा: फोटो फिचर

सुजाता लिम्बु

संखुवासभा । शिरमा मकालु हिमाल, चरणमा मौन भएर आफ्नै वेगमा बगिरहेको सभा खोला । संखुवासभा र भोजपुरलाई मिलापको भावना राखेर दुई जिल्लाको कुना कन्दरालाई स्पर्श गर्दै बग्ने अरुण नदिको प्राकृतिक घेरामा हुर्केको सुन्दर संखुवासभा जिल्लाको प्रकृतिलाई नियाल्दा दंग नपर्ने विरलै होलान् ।

त्यसमा पनि ‘वारि जमुना पारी जमुना जमुनाको फेदैमा मनकामना’ सिक्किम, दार्जिलिङवासीले स्वर्गीय गायक खेमराज गुरुङको गीत र उनको नामले चिन्ने गरेको संखुवासभा जिल्ला पूर्वी हिमाली जिल्लामा पर्छ ।

पूर्वमा ताप्लेजुङ, पश्चिममा सोलुखुम्बु र भोजपुर, उत्तरमा छिमेकी राष्ट्रिय चीनको तिब्बत, दक्षिणमा तेह्रथुम र धनकुटाको चौबन्दीमा रहेको संखुवासभा जिल्ला कृषि, पर्यटकीय क्षेत्र साथमा रुद्राक्ष व्यापारका लागि प्रख्यात मानिन्छ ।

समुन्द्री सतह देखि ४५७ मिटरमा अवस्थित संसारकै सबैभन्दा होचो अरुण उपत्यका रहेको छ भने विश्वको पाँचौ अग्लो हिमशिखर मकालु हिमाल संखुवासभा जिल्लामा पर्छ । भौगोलिक विविधताले सजिएको संखुवासभा जिल्लामा विभिन्न जातजाती धर्म, संस्कार र संस्कृतिको संरचनाले निर्माण भएको समावेशी समाज छ । चैनपुरे करुवाले चिनिएको संखुवासभामा मनकामना, शिद्धकाली जस्ता धार्मिक शक्तिपीठ अवस्थित छ ।

संखुवासभा जिल्लाको भौगोलिक कठिनाईलाई सुदृढ गर्न एवम् पर्यटन प्रवर्द्धनलाई जोड दिन सके संखुवासभा जिल्ला पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाहिरी पर्यटकहरूको मुख्य गन्तव्य स्थल बन्न सक्छ ।

फोटो : सुजाता लिम्बु/ मकालु खबर

 

 

 

 

 

 

 

 

प्रतिक्रिया