प्रधानमन्त्रीले लगाए राष्ट्रपति भण्डारीको हातबाट दसैँको टीका र जमरा (पाचँ तस्बिरमा हेर्नुहोस)

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट दसैँको टीका तथा जमरा लगाएका छन्।

श्रीमती राधिका शाक्यसँगै शितल निवास पुगेका प्रधानमन्त्री ओलीलाई राष्ट्रपति भण्डारीले टीका तथा जमरा लगाइदिएकी हुन्। राष्ट्रपति भण्डारीले उनीहरुलाई जमराको माला समेत लगाइदिएकी छन्।

विगतका वर्षहरुमा दसैँमा प्रधानमन्त्री र राष्ट्रपतिले सर्वसाधारणलाई पनि सार्वजनिक रुपमा दसैंँको टीका लगाइदिने कार्यक्रम हुन्थ्यो। भने कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी प्रधानमन्त्रीबाट यो वर्ष प्रधानमन्त्री निवासमा हुने ‘वडा दशैंको सार्वजनिक टीका कार्यक्रम’ राखिएको छैन ।

स्बिरः राजन काफ्ले, प्रधानमन्त्रीको सचिवालय।

 

 

 

 

प्रतिक्रिया