चर्चित व्यवसायी र कलाकारका साथमा ‘म्युजिकल इभ’ सहितको टक सिरिज आज

काठमाडौं । हल्ट प्राइज आईओई र पुल्चोक क्याम्पसको नेक्स्टजेनको संयुक्त सहकार्यमा आज दिउँसो टक सिरिज आयोजना हुँदैछ । नजिकिँदै गरेको दसैँलाई लक्षित गर्दै हल्ट प्राइजले यसपटक ‘म्युजिकल इभ’ सहितको टक सिरिज गर्ने भएको छ ।

टक सिरिजको यो चौंथो श्रृंखला हो । ‘फेस्टिभ टक सिरिजको’ रुपमा आयोजना हुने उक्त कार्यक्रमका दिउँसो २ बजेबाट सुरु हुनेछ । यो इभेन्टमा ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, फिनिक्स एरिजोनाका स्कट मार्सल ब्राण्डोन, यल्लोस्पार्कको सहसङ्थापक अपर्ना जोशी खन्ड्वाला, चीनकी माइहोमीकी मिडिया म्यानेजर जीन्सी क्षु लगायतको विशेष उपस्थिति हुनेछ ।

उनीहरूले आफ्ना अनुभव सहभागीहरुसँग साट्नेछन् । उक्त कार्यक्रममा सेलिब्रेटी अतिथिको रुपमा सेलिब्रेटीहरू शास्वत खड्का, स्मिता दाहाल, सुरजराज खत्री, भेषराज तिमल्सिना, आयुष श्रेष्ठ, प्रिया सिग्देल लगायतको विशेष उपस्थिति हुनेछ ।

कार्यक्रममा उपस्थित उद्यमी तथा सेलिब्रेटीको एक-एक घन्टा प्यानेल डिस्कसन हुनेछ । उनीहरूसँग प्रश्न सोध्न र बोल्ने मौका पनि पाइन्छ। त्यसपछि ‘म्युजिकल इभ’ सुरू हुनेछ ।

प्रतिक्रिया