ब्राजिलमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु

एजेन्सी । ब्राजिलमा कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिको मृत्यु भएकाे छ ।

उनलाई अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएकाे थिइयाे । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा उक्त ती व्यक्तिकाे मृत्यु भएकाे जनाएकाे छ ।

यद्यपी खोप परीक्षण कार्य भने जारी रहने एभिन्साले बताएको छ । एन्भिसाले स्वयंसेवी ती व्यक्तिले खोप लगाएका हुन् वा प्लासेबो लगाएका हुन् भन्ने स्पष्ट भइ नसकेको स्पष्ट पारेकाे छ । ती व्यक्तिको विवरण उपलब्ध गराउन अस्वीकार गरिएकाे छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अद्यावधिक विवरण अनुसार ब्राजिलमा ५२ लाख ७४ हजार व्यक्ति कोरोना संक्रमित भएका र १ लाख ५४ हजार ८३७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया