चलचित्र ‘कृष्ण लीला’ पछि एक्सन चलचित्रमा काम गर्दै पुष्प

काठमाडौं । नायक पुष्प खड्काले दीपक ओलीले निर्देशन गर्ने चलचित्र ‘कृष्ण लीला’ मा काम गर्ने भएका छन् । पुष्पकाे जोडी नायिका दीपिका प्रसाईंसँग बाँधिदैछ ।

दशैंपछि सो चलचित्रको छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम जुटेको छ । योसँगै पुष्पले केही दिन अगाडि अर्को फिल्म पनि साइन गरेका छन् ।

निर्देशक मुकुन्द भट्टले नयाँ चलचित्रमा पुष्पलाई मुख्य नायकको रुपमा अनुबन्ध गरेका छन् । एक्सन जनरामा निर्माण हुने चलचित्र आउँदो चैतबाट छायांकन सुरु गरिने भएकाे छ । कथाले मागे अनुसार बडी स्ट्रक्चर र लुक्स सुहाउने भएकाले साे चलचित्रका लागि पुष्पलाई रोजेकाे बुझिएकाे छ ।

नायक खड्का पहिलो पटक पूर्ण एक्सन अवतारमा प्रस्तुत हुन लागेका हुन् । लभर ब्वाईको भूमिकामा रुचाइएका उनलाई एक्सन अवतारमा दर्शकले कतिकाे रूचाउछन् त्याे भने हेर्न बाँकी छ ।

प्रतिक्रिया