चितवन रत्ननगरका कोरोना संक्रमित पुरुषको मृत्यु

ध्रुवराज खनाल –
चितवन । चितवनका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रत्ननगर-१३ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

क्यान्सर रोगबाट पीडित समेत रहेका उनमा असोज २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारका क्रममा बुधबार अपरान्ह ४ः२८ बजे उनको मृत्यु भएको चितवन मेडिकल कलेजका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिए ।

यो संगै रत्ननगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

No description available.

प्रतिक्रिया