मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

बम विस्फोट हुँदा अफगानिस्तानमा पाँचको मृत्यु, नौ घाइते

काबुल । बम विस्फोट हुँदा अफगानिस्तानमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार घटनामा परी अरु नौ जना घाइते पनि भएका छन् ।

अफगानिस्तानको मैदान वार्डाक प्रान्त अन्तर्गत पर्ने जर्लेज जिल्लामा घटना भएको प्रान्तीय सरकारले पुष्टि गरेको छ ।

“सडक छेउमा भएको बम विस्फोटनको घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएको प्रान्तीय सरकारका अधिकारीहरुले जनाएका छन्,” टोलोन्युजले लेखेको छ ।

प्रतिकृयाहरु
Loading...