अख्तियारले भन्यो–‘गोकुल बाँस्कोटामाथि थप अनुसन्धान गर्न प्रमाण पुगेन’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकुल बाँस्कोटामाथि थप अनुसन्धान अघि बढाउनको लागि प्रमाण नपुगेको बताएको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको आरोप लागेका पूर्वसञ्चारमन्त्री बाँस्कोटामाथि थप छानविन गर्न प्रमाण पर्याप्त नभएको अदुअआले जनाएको हो ।

संसदको सार्वजनिक लेखा समितिलाई पठाएको पत्रमा अदुअआले बाँस्कोटालाई उन्मुक्ति दिन लागेको संकेत गरेको छ । उक्त प्रकरणमा संलग्न भनिएका विजयप्रसाद मिश्रको अडियो र भिडियो पूर्ण प्राप्त नहुँदा थप अनुसन्धान हुन नसेकको भनिएको छ ।

यस्तै अदुअआले मिश्रलाई सम्पर्कमा आउन पटक–पटक ताकेता गरेपनि सम्पर्कमा आउन नमानेकोसमेत जिकिर गरेको छ ।  मन्त्री बाँस्कोटा र मिश्रबीच भएको संवादको अडियो र भिडियो प्रारम्भिक परीक्षण गरिएको आयोगले जनाएको छ ।

थप अनुसन्धानका लागि यसको वास्तविक [ओर्जिनल] कन्टेन्टसहितको विवरण आवश्यक देखिएकाले पेश गर्न मिश्रका नाममा सूचना जारी गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया