एकता प्रतिवेदनमा छलफल गर्दै साझा र विवेकशील नेपाली दल

काठमाडाैं । साझा पार्टीका संयोजक र विवेकशील नेपाली दलका अध्यक्षले मंगलबार आ-आफ्नो पार्टीको संघिय/केन्द्रीय समितिमा  ‘संयुक्त प्रतिवेदन’ प्रस्तुत गरेका छन् ।

विवेकशील नेपाली दल र साझा पार्टीका राजनीतिक संवाद समितिले दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू ‘संयुक्त प्रतिवेदन’ का रूपमा यहि २०७७ असोज २९ गते साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेलाई बुझाएको थियो । साे प्रतिवेदन प्रस्तुत गरिएकाे हाे ।

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीयरसङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने छ ।

यी दुई पार्टीले असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए ।

प्रतिक्रिया