‘…जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने प्रधानमन्त्रीज्यू ?’

काठमाडाैं । सरकारले ‘नागरिकले आफ्नो उपचार खर्च आफैँ व्यहाेर्नु’ भनेपछि अहिले उक्त निर्णयको आलोचना भइरहेको छ ।

विपक्षी दलसँगै सत्तारूढ दलका नेताहरूले समेत सरकारकाे उक्त निर्णयकाे विराेध गरिरहेका छन् । कलाकारदेखि सर्वसाधारण नागरिकले समेत उक्त निर्णयकाे विराेध जनाइरहेका छन् ।

यस्तैमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले `उपचार गर्दिन´ सरकारले भन्दा जवाफमा जनताले `कर तिर्दिन´ भने कसरी धान्ने सम्माननिय प्रधानमन्त्रीज्यु ? भन्दै प्रम केपी शर्मा ओलीमाथि प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्- ‘`उपचार गर्दिन´ सरकारले भन्दा जवाफमा जनताले `कर तिर्दिन´ भने कसरी धान्ने सम्माननिय प्रधानमन्त्रीज्यु ? उपचार नि:शुल्क गर्ने घोषणा अविलम्ब गर्न विनम्र आग्रह स्वीकार गर्नोस् कि #NoTreatmentNoTax को बुलन्द जनअभियान सामना गर्न तयार बस्नोस् ।’

 

प्रतिक्रिया