‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन’

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगन थापाले संसद बैठकका लागि सरकारलाई बाध्य पार्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले यस्ताे आग्रह गरेका हुन् । संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिने उनकाे भनाइ छ ।

‘सभापतिज्यू, कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन, ’ सांसद थापाले लेखेका छन्- ‘संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन । संसदको बैठक राख्न बाध्य पारी, सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ ।’

 

प्रतिक्रिया