जसपाका सांसदले दसैँ भत्ता नलिने, कोरोना पीडितलाई राहत दिन माग

काठमाडौं । जनता समाजवादी पार्टीले आफ्ना सबै सांसदले दसैँ भत्ता नलिने निर्णय गरेको छ । सोमबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दसैँ भत्ता नलिने निर्णय गरेको हो ।

जसपाले दसैँ भत्ता खारेज गर्न माग र उक्त रकम कोरोना भाइरस पीडितलाई राहत दिन माग गरेको छ । ‘दसैं भत्ता खारेज गर्न र कोरोना संक्रमितलाई राहत दिन बैठकले माग गरेको हो,’ जसपाका नेता विश्वदीप पाण्डेले भने, ‘दसैं भत्ता खारेज नगरे जसपाका सबै सांसदले दसैं भत्ता नलिने निर्णय भएको छ ।’

नेता पाण्डेका अनुसार बैठकले पार्टी विधान संशोधनसहित पारित गरेको छ । आज पनि बस्ने बैठकमा विधान संशोधन, नियमावली निर्माण, केन्द्रीय समितिको विस्तार तथा कार्यविभाजन लगायतका एजेन्डामा छलफल भइरहेको छ ।

प्रतिक्रिया