प्रस्तावित राजदूतद्वय खतिवडा र रेग्मीविरूद्ध चार उजुरी

काठमाडौं । प्रस्तावित दुई राजदूत युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध चार उजुरी परेको छ ।

क्रमसः अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतद्वय खतिवडा र रेग्मीविरुद्ध संसदीय सुनुवाइ समितिमा चार वटा उजुरी परेको हो ।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार उजुरीकर्तालाई १७ गते बोलाएर छलफल गर्ने निर्णय गरेको छ । उनका अनुसार कोविरुद्ध कति वटा उजुरी परको हो भन्नेबारे भने खुलिसकेको छैन ।

पूर्वअर्थमन्त्री खतिवडा र पूर्वमुख्यसचिव रेग्मीलाई असोज १५ गते बसेको मन्त्रिपरिषद् बैठकले राजदूत नियुक्ति गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया