मन्त्रिपरिषद् बैठक बस्दै, दशैं भत्ताबारे निर्णय हुनसक्ने संकेत

काठमाडौं । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बैठक अपराह्न ४ बजेका लागि डाकेका हुन् ।

प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार बैठकमा सांसदहरुले पाएको दशैं भत्ताका बारेमा छलफल तथा निर्णय हुनसक्ने छ ।

सरकारले दशैं खर्चस्वरुप सांसदहरुलाई एक महिनाबापत्को रकम दिँदै आएकोमा यसपालि दिइएको खर्चको बारेमा भने चर्को आलोचना भएको छ ।

खासगरी कोरोनाकालमा सांसदहरुले भत्ता लिन नहुने भन्दै नागरिक तहबाटै आलोचना हुन थालेपछि कतिपय सांसदहरुले भत्ता फिर्तासमेत गरिसकेका छन् ।

अहिले २५ सदस्यीय मन्त्रिपरिषद् छ ।

प्रतिक्रिया