मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडाैं । जबरजस्ती करणी अभियाेगमा विभिन्न जिल्लाबाट तीन जना पक्राउ परेका छन् ।

काठमाडाैंमा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-७ रामकोट हाके चौतारा घर भएका १९ वर्षीय तिलक भन्ने तेज बहादुर रोक्कालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । रोक्काले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै सुनसरीमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ सुन्दरहरैंचा नगरपालिका-४ बस्ने २४ वर्षीय तिर्थ बहादुर पौडेललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती किशोरीलाई ललाई फकाई बिबाह गर्ने आश्वासन देखाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौतरा साँगाचोकगढी नगरपालिका-५ बस्ने जुगल गाउँपालिका-१ घर भएका २० वर्षीय दिपेन्द्र मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृयाहरु
Loading...