‘कोरोनाको डरले बाहिर ननिस्किँदा रोग झन् बल्झिन सक्छ’

काठमाडौं । अहिलेको यो विषम परिस्थितिमा कोरोना भाइरसको कारण घरबाट बाहिर निस्किन गाह्रो छ । कतै कोरोना लाग्ने होकी भन्ने मनमा एक किसिमको डर पैदा भएको छ ।

यहि डरका कारण अति आवश्यक उपचारका लागि पनि अस्पताल नजाने गरेको पाइएको छ । कोरोनाको डरका कारण अस्वस्थ महशुष हुँदा पनि घरमै बसिरह्यो भने, भोली झन गाह्रो हुन सक्छ । अभिनेत्री करिष्मा मानन्धरले अस्वस्थ महशुष भएको छ भने अस्पताल गई चिकित्सकको सल्लाह लिन आग्रह गरेकी छन् ।

बाहिर निस्किँदा कारोना सर्ने डरले घरमै बस्दा रोग झन बल्झिन सक्छ । अति आवश्यक कामको लागि बाहिर निस्किँदा स्वास्थ्य सुरक्षा अपनाएमा कोरोनाको डर नहुने करिष्मा बताउँछिन् ।

प्रतिक्रिया