चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक

काठमाडौं । कलाकार शिव श्रेष्ठकाे चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर सार्वजनिक गरिएको छ ।

यो चलचित्रमा अभिनेता श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धरको डेब्यु चलचित्र पनि हो । अहिलेको यो विषम परिस्थितिका कारण निर्माताहरु नयाँ चलचित्र रिलिज नगर्ने योजनाका बीच शिव श्रेष्ठ आफ्नो चलचित्र रिलिजका लागि तयार भएका छन् ।

नेपाल सरकारले हलहरु पुनः खोल्न अनुमति दिएसँगै यो चलचित्र रिलिजको लागि तयार भएको हो । २०७४ चैत ३० गते उपराष्ट्रपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको सो चलचित्रको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो ।

शनिबार हिजो चलचित्रको दोस्रो टिजर रिलिज गरिएको हो । पहिलो टिजरमा नअटेका शक्ति श्रेष्ठ र कविता मानन्धर यो दोस्रो टिजरमा समेटिएका छन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रको निर्माता यशोदा राई, दिनेश दर्शनधारी र सह–निर्माता खुम तामाङ, सुनील कटवाल, रामनारायण शाह, दिनेश थापामगर र तारा तुलाधर छन् ।

भिडियाे यहाँ हेर्न सकिन्छ:

 

प्रतिक्रिया