अभिनेत्री श्वेताले कसलाई गरिन् एकतर्फी माया

काठमाडौ । अभिनेत्री श्वेता खड्का अभिनित ‘एकतर्फी माया’ सार्वजनिक भएको छ ।

जुन गीतमा गायिका सरना श्रेष्ठले आवाज भरेकी छिन् । उक्त गीतको भिडियोमा स्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। श्वेतासँगै भिडियोमा अनुपविक्रम शाही, निराजन प्रधान र सरनाको अभिनय देख्न सकिन्छ ।

सुरेन्द्र श्रेष्ठको संगीत र वरिस्ठ हाँस्य कलाकार मदन कृण श्रेष्ठको शब्दमा सो गीत तयार भएको हो । सरना कलाकार मदनकृण श्रेष्ठकी छोरी हुन् । श्वेताको काया फिल्मस्को निर्माणमा तयार भएको भिडियोमा परिकल्पना र निर्देशन भने गायिका सरनाको रहेको छ ।

उक्त गीत ‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेतताले आफ्नो अफिसियल युट्युब च्यानल क का की पनि सञ्चालनमा गरेकी छिन् ।

भिडियो यहाँ हेर्नुहोस्:

प्रतिक्रिया