रेखा भन्छिन् :– देशलाई सुरक्षित बनाउन नसके नेताहरुले आत्मालाेचना गर्नुपर्छ

काठमाडौं । सामाजिक अभियान्ता तथा अभिनेत्री रेखा थापाले अहिलेको यो बिषम परिस्थिति नोबेल कोरोना भाइरस (कोभिड १९) लाई लिएर नेताहरुले करोनालाई नियन्त्रण गर्न र देशलाई सुरक्षित गर्न नसके आत्मालोचना गरेर आफूलाई सुधार्न अनुरोध गरेकी छन् ।

अभिनेत्री थापाले आईतवार आफ्नो आधिकारीक सामाजिक सञ्जाल फेशबुक मार्फत नेताहरूले सस्तो प्रचार र सहानुभूति गरेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

थापाले लेखेकी छिन् – ‘कोरोना (लक्षणबिनाको) संक्रमण भएको प्रचार गरी सहानुभुती बटुल्न तिर ध्यान दिनुभन्दा नेताहरुले आत्मालोचना गर्नुपर्छ, देशलाई सुरक्षित बनाउन नसकेकोमा ।’

प्रतिक्रिया