कोरोनाबाट पहिलो चलचित्र छाँयाकार बैकुण्ठमान मास्केको निधन

काठमाडौं । नाबेल कोरोना भाइरस संक्रमणका कारण नेपाली चलचित्रका पहिलो छायाँकार बैकुण्ठमान मास्केको ८३ वर्षको उमेरमा शुक्रबार निधन भएको हो ।

मास्के विगत सात वर्षदेखि यता मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आइतबार निदान अस्पतालमा भर्ना गरिएको थियो । मास्केले विसं २०२१ मा भारतको पुणेस्थित भारतीय चलचित्र प्राविधिक शिक्षालयबाट अध्ययन सकाएका थिए ।

उनले २०२७ सालमा रिलिज चलचित्र ‘परिवर्तन’ को छायांकन गरेका थिए। उनी फिचर चलचित्र खिच्ने पहिलो नेपाली छायाँकार हुन् । चलचित्र ‘मनको बाँध’, ‘पच्चीस वसन्त’लगायत दुई दर्जन चलचित्र छायांकन गरेका छन् मास्केले । कोरोना संक्रमणबाट मृत्यु भएका मास्केको शुक्तबार पशुपतीमा अन्त्यस्टी गएिको हो ।

मास्के कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली चलचित्रकर्मी पनि हुन् ।

प्रतिक्रिया