भीम रावलले भने–‘मेरो खातामा राखिएको दशैंभत्ता काटियोस्, जनप्रतिनिधिले यस्तो सुविधा नलिऔं’

काठमाडौं । सुदूरपश्चिमका नेता तथा सांसद भीम रावलले जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

आफ्नो खातामा दशैंको भत्ता हालिदिएको थाहा दिएका नेता रावलले भनेका छन्, ‘हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनै पनि जनप्रतिनिधिले दशैं भत्ता नलिने व्यवस्था गरियोस् ।’

ट्वीटरमार्फत् यस्तो अनुरोध गरेका नेता रावलले सांसदहरुले दशैंभत्ता लिनुहुन्न भन्नेमा आफ्नो समर्थन रहेको बताउँदै आफ्नो खाताबाट उक्त रकम कट्टी गर्न मञ्जुर रहेको बताएका छन् ।

यसअघि यसपालिको दशैं मनाउन सांसदहरुलाई ३ करोड ४६ लाखभन्दा धेरै रकम बाँडिएको छ । जसमा नेकपा प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले भने भत्ता लिएका छैनन्

 

प्रतिक्रिया