चलचित्र ‘भाँडाकुटी’को घोषणा, मुख्य भुमिकामा मुकुन र बेनिशा

काठमाडौं । हिजो घटस्थापनाको दिन पारेर चलचित्र ‘भाँडाकुटी’को घोषणा गरिएको छ ।

दृष्यालय सिनेमा प्रालिको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्र शनिबार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।

नायिका बेनिशा हमाल र कलाकार मुकुन भुषाल लगायतको अभिनय रहने चलचित्र ‘भाँडाकुटी’ आउँदो फागुनबाट बुटवल लगायत आसपासका ठाउँमा छायांकन गरिने बताइएको छ ।

बैवाविक परिवेश सहितको सामाजिक कथामा निर्माण हुन लागेको उक्त चलचित्रलाई किरण बिकले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया