नाजिरको आग्रह–‘यसपालिको दशैं दूरी कामय गरी मनाऔं’

काठमाडौं । नोबेल कोरोना भाइरस ( कोभिड १९) को महामारीका कारण अहिले विश्व नै संकटमा परेको छ । यसैबीच नेपालीहरुको महान् चाड दशैं नजिकिँदै छ ।

आज घटस्थापनाको दिन हो । हरेक हिन्दु नेपालीहरुको घर घरमा जमरा छर्ने दिन पनि हो । यो पटकको दशैंमा हामी जहाँ छौं । त्यहीँबाट दशैं मनाउन सरकारले अपिल गरिसकेको छ । त्यस्तै कलाकार नाजिर हुसेनले पनि यो महामारीबीच आएको दशैंमा सामाजिक दूरी कायम गरेर मनाउन आग्रह गरेका छन् ।

यस्तो बेला दिक्दारी लाग्ने र मानसिक तनाव बढ्ने हुँदा गीतसंगीत सुन्न, फिल्महरु हेर्न, र किताबहरु पढ्न सल्लाह दिएका छन् । यो अवस्थामा आफन्त र साथीभाइहरुसँग भेटघाट गर्न गाह्रो भए पनि सामाजिक सञ्जाल र फोनबाट कराकानी गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया