प्रभास र सैफ अभिनित चलचित्र ‘आदिपुरुष’ ४ सय करोडमा बन्दै

एजेन्सी । बलिउड अभिनेता अजय देवगन अभिनित सुपरहिट चलचित्र ‘तन्हाजीः द अनसंग वारियर’ को अपार सफलतापश्चात् निर्देशक ओम राउतले गएको महिनामा नयाँ चलचित्र ‘आदिपुरुष’ बनाउने घोषणा गरेका थिए ।

चलचित्रमा पहिलो पटक साउथ सुपरस्टार प्रभास र बलिउड अभिनेता सैफ अली खानले स्क्रिन साझेदारी गर्दैछन् । चलचित्रमा प्रभास भगवान् राम र सैफ भिलेन लंकेशको भूमिकामा देखिने भएका छन् ।

अहिलेको यो बिषम परिस्थिति नोबेल कोरोना भाइरसपछि चलचित्र ‘आदिपुरुष’को निर्माण हुने हुने भएको छ । ओम राउतले भनेका छन्, ‘मैले यो चलचित्रका लागि अतितमा रिसर्च गरेको छु । एक लेखकको रुपमा मैले यो पूरै प्रोजेक्टको प्लान गरेको छु । यो स्क्रिप्ट मेरो दिमागमा थियो र यसलाई मैले ‘आदिपुरुष’ नाम दिएँ । मैले एक वर्ष अगाडि एक ड्राफ्ट लेखेको थिएँ ।’

कोरोना कहरका कारण ठूलो लगानीमा चलचित्र बनाउन निर्माताहरु तयार नभएको अवस्थामा निर्देशक ओम राउत र निर्माता भूषण कुमार भने ‘आदिपुरुष’ मा ठूलो लगानी गर्दैछन् । चलचित्रमा भिएफएक्सको यस्तो प्रविधि प्रयोग गरिँदैछ, जुन यसअघि भारतीय चलचित्रमा प्रयोग गरिएको थिएन् । यो चलचित्रको लगानी ३ सय ५० करोडदेखि ४ सय करोडको बीचमा हुने बताइएको छ ।

प्रतिक्रिया