कर्णाली विवाद : ‘ओलीको निम्तोमा दाहालले भने–‘म आउँदिनँ, तपाईँ आफैँ छलफल गर्नुस्’

काठमाडौं । कर्णाली प्रदेशमा देखिएको समस्या समाधानको लागि शनिबार (आज) हुने भनिएको संयुक्त छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’नजाने भएका छन् ।

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसहित असन्तुष्टसँग बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुने भनिए पनि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको निम्तोलाई अस्वीकार्दै दाहाल नजाने भएका हुन् ।

स्रोतका अनुसार ओलीले दाहाललाई बालुवाटार बोलाएको र उक्त क्रममा दाहालले ‘म आउँदिनँ, तपाईँ आफैँ गर्नुस्’ भनी जवाफ दिएका छन् । यस्तै उनले आफू दुई/दुई दिन छलफल गरिसकेको पनि बताएका थिए ।

गत आइतबार नकपाकै १८ सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ता संसदीय समितिमा दर्ता गराएपछि उत्पन्न समस्या समाधानको लागि भन्दै अध्यक्षद्वले त्यहाँको पार्टी पदाधिकारीहरुलाई काठमाडौं बोलाएका थिए ।

यसअघि बिहीबार र शुक्रबार अध्यक्ष दाहालले दुवै पक्षलाई भेटेर छलफल गरिसकेका छन ।

प्रतिक्रिया