गुगलले ल्यायो नयाँ फिचर : मतदान केन्द्र सजिलै पत्ता लगाउने

एजेन्सी। गुगलले मतदाताहरुलाई नजिकको मतदान केन्द्र पत्ता लगाउन सजिलोका लागि नयाँ फिचर ल्याएको छ । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई आफ्नो नजिकको मतदान स्थल पत्ता लगाउन सजिलोका लागि गुगलले आफ्नो सर्च इञ्‍जिन, नक्सा र भ्वाइसमा नयाँ फिचर ल्याएको जनाएको छ ।

गुगलका अनुसार व्यक्तिगत मतदान वा हुलाकमार्फत गरिने मतदान विवरणहरू ‘प्रारम्भिक मतदान स्थान’ वा ‘मेरो नजिकको मतपत्र ड्रप बक्सहरू’ को सर्चमा फेला पार्न सकिने छ ।

यस्तै आफ्नो भ्वाइस–असिसटेन्टले पनि नजिकै मतदान गर्ने र गुगल म्यापले मतदानस्थलको दिशा निर्देशन गर्न तथा मतदानस्थल पुग्‍न लाग्‍ने समयबारे जानकारी गराउने गुगलले जनाएको छ ।

प्रतिक्रिया