स्मिता दाहालको ‘मायाले मलाई बोलायो’ बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका स्मिता दाहालको नयाँ गीत ‘मायाले मलाई बोलायो’ भर्खरै मात्र सार्वजनिक गरिएको छ ।

पर्फेक्ट प्लान युट्युबमार्फत उक्त गीत भर्खरै सार्वजनिक गरिएको हो। गीतमा गायिका दाहाल स्वयम र नायक सलोन बस्नेतको अभिनय रहेको छ। राजनराज शिवाकोटीको शब्द, संगीत रहेको उक्त गीतमा दाहालको एकल स्वर रहेको छ । शिशिर खातीको निर्देशनमा तयार भएको सो गीतकाे भिडियोलाई बनिस शाहले सम्पादन  गरेका हुन् ।

‘मायाले मलाई बोलायो’ छायांकन पोखरामा गरिएको हो गायिका दाहालले यसअघि ‘मायालु तिमी कता छौं’ बोलको गीत लिएर आएकी थिइन । सो गीत पनि निकै लोकप्रिय बनेको थियो।

भिडियो यहाँ हेर्नुहोस्:

प्रतिक्रिया