भोलिदेखि चलचित्र ‘आई एम ट्वान्टी वान’ को छायांकन

काठमाडौं । चलचित्र ‘आई एम ट्वान्टी वान’को छायांकन भोली (घटस्थापना) को दिनदेखि सुरु हुने भएको छ ।

उक्त चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका रहेको छ । यो चलचित्रका लागि धिरज र जसिताले लामो समयदेखि वर्कशप गरिरहेका थिए ।

रेनशा वान्तवा राइको निर्देशन र निर्माता प्रज्ज्वल शमशेर जवराको लगानीमा बन्न लागेको सो चलचित्रमा धिरज र जसिताले पहिलो पटक स्कृन शेयर गर्न लागेका हुन् ।

भाेलिदेखि सुरू हुने साे चलिचत्रकाे छायांकन एक सातासम्म गरि दशैंकाे लागि राेकेर पुन: केहिदिनपछि सुरू गरेर तिहारसम्म काम हुने बताइएकाे छ ।

प्रतिक्रिया