चलिचत्र ‘श्री’ काे छायांकन ७२ घण्टामै सकियाे

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराले ७२ घण्टामा चलचित्र ‘श्री’ काे छायांकन सकेका छन् ।

बिगत ६ महिनादेखि नोबेल कोरोना भाइरसको कारण ठप्प रहेको चलचित्र क्षेत्र उचित मापदन्ड अपनाएर निर्देशक बोहराले २ घण्टा लामाे चलचित्र तयार गरेका हुन् । बिहीवार(हिजो) निर्देशक बोहराको जन्मदिनमा चलचित्रको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

चलचित्रको पोस्टरमा कलाकार सन्दिप क्षेत्री, रविन्द्र झा, बर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम डेललगायतका कलाकारले फिचर गरेका छन् । चलचित्रमा बसुन्धरा भुसाल, भोलाराज सापकोटा, कमलजंग बोहरा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ, नवीन श्रेष्ठ, श्यामसुन्दर पुडासैनी र बालकलाकार न्यासिका कार्कीको पनि अभिनय रहेको छ । सो चलचित्रमा श्री पराजुली र सविता गुरुङको लगानी रहेको छ ।

लकडाउनका कारण घरमा थुनिएर बसेका पात्रहरुको कथामा चलचित्र बनेकाे छ ।चलचित्रको कथा लेखनमा निर्देशक बोहरालाई शिवम् अधिकारीले साथ दिएका छन् ।

शेरबहादुर तामाङको छायांकन, सुजन बडालको सम्पादन रहेको सो चलचित्र हलहरु खुल्नासाथ प्रदर्शनमा ल्याउने तयारीमा निर्माण टिम जुटेको छ ।

प्रतिक्रिया