डेढ वर्षदेखि श्रीमतीलाई शौचालयमा थुनेर राख्ने श्रीमान पक्राउ

एजेन्सी । डेढ वर्षदेखि श्रीमतीलाई शौचालयमा थुन्ने श्रीमान् पक्राउ परेका छन् ।

शौचालयमा थुनिएकी महिलाले १७ वर्ष अगाडी नरेश कुमार नाम गरेका पुरुषसँग विवाह गरेकी थिइन् । उनको १५ वर्षीय एक छोरी र ११, १३ वर्षका दुई छोरा छन् । डेढ वर्ष अघि मात्रै उनका श्रीमानले शाैचालयमा थुनेर राख्न सुरू गरेका हुन् । उक्त घटना भारतकाे हरियाणा राज्यको पानिपत जिल्लामा रहेको ऋशपुर गाउँकाे हाे ।

मानसिक समस्या भएकोले थुनेर राखेको उनकाे श्रीमानकाे दाबी छ । यद्यपी परोपकार विभागका अधिकारीले भने पीडित महिलाले परिवारका सबै सदस्यलाई चिनेको र उद्धार टोलीले सोधेका प्रश्नहरूको उत्तर दिएको बताइएकाे छ ।

उनका श्रीमानले महिलाकाे मानसिक उपचार गरिएकाे पुष्टि हुने कागजपत्र पेस गर्न नसकेकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । अहिले प्रशासनले महिलाका पति नरेश कुमारलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा लिएको छ।

प्रतिक्रिया