सिर्जना खत्रीको ‘एक्स लभ’ बजारमा (भिडियोसहित)

काठमाडौं । आम नेपालीहरुमाझ लोकप्रिय बन्न सफल हाउडेमाया उर्फ सिर्जना खत्री र मिष्टर आरजे उर्फ राजेन्द्र भट्टको नयाँ गीत ‘एक्स लभ’ सार्वजनिक भएको छ ।

गीतले आम नेपाली युवापुस्ताको प्रतिनिधि गर्दछ । ‘एक्स लभ’ फरक खालको प्रस्तुति भएको निर्माण टिमको भनाई छ । यसअघिको माया सिरिज मार्फत लाहुरेमाया,नौटंकिमाया,डबलमायाका गीतहरू सफल बने ।

‘फरक खालको प्रस्तुति गरेका छाैं, एक्स लभ स्रोताले रूचाउछन् कि नाई प्रखाईमा छु’ सिर्जना भन्छिन् ।
गीतमा सिर्जनासंगै मिस्टर आरजेको आवाज रहेकाे छ । सिर्जनाकै शब्द र संगित रहेको गीतलाई योगेशकाजी बिसीले एरेन्ज गरेका हुन् ।

गायिका सिर्जनाले आफ्नै युट्युव च्यानल सिर्जना खत्रीबाट उक्त गीत सार्वजनिक गरेकी हुन् ।
भिडियो यहाँ हेर्न सकिन्छ:

प्रतिक्रिया