चलचित्र ‘लक्ष्मीपुजा’को ‘फुरफुर पुतली’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । यस वर्षको दशैँलाई लक्षित गरि ओटीटी प्लेटफर्ममा रिलिज हुन् लागेको चलचित्र ‘लक्ष्मीपुजा’ को गीत सार्वजनिक गरिएको छ ।

‘फुर फुर पुतली’ बोलको गीतमा चलचित्रका कलाकारद्वय सलोन बस्नेत र रियाषा दाहालले कम्मर मर्काएका छन् । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । दयाराम पाण्डेको शब्द र विपिन आचार्यको संगीत रहेको गीतमा माण्डवी त्रिपाठी र अंकित न्यौपानेले स्वर दिएका छन् ।

सोभित बस्नेतको निर्माण र समिर मियाँको निर्देशन रहेको चलचित्रमा जयकिशन बस्नेत, जाहन्वी बस्नेत, अस्मिता जुरेली, आयुषी ढकाललगायतका कलाकारहरुको अभिनय रहेको छ । भने, सलोन, रियाषासँगै निर शाहले अतिथि भूमिका निर्वाह गरेका छन् ।

कार्तिक ७ गतेदेखि डिसहोम, म्याक्स टिभी, नेट टिभी, भिया टिभी र मेरो टिभीलगायतमा रिलिज हुने चलचित्रमा समिर मियाँको कथा र पटकथा रहेको छ । जय दर्लामी मगरको छायाँकन रहेको चलचित्रमा केदार भुषालको संवाद, श्री श्रेष्ठको एक्सन, रामजी लामिछानेको कोरियोग्राफी र गौतमराज खड्काको सम्पादन रहेको छ ।

 

प्रतिक्रिया