दशैं गीत ‘आउँछु भन्थे’ मा रमा र चिरञ्जिबिकाे मनछुने अभिनय (भिडियाेसहित)

काठमाडौं । नेपालीहरुको महानचाड बिजया दशमी नजिकीदै गर्दा दशैं गीतहरु धमाधम बजारमा आइरहेका  छन् । त्यस्तै हरि लम्सालको ‘आउँछु भन्थे’ बाेलकाे दशैं गीत सार्वजनिक भएको छ ।

गीतकार बिष्णु गैरेको शब्द तथा गायक लम्सालको संगीत रहेको साे गीतमा कुमार थापाको एरेञ्ज रहेको छ । नेपाली हिन्दुधर्मावलम्बीहरुको घर आँगानीमा आइरहेको महान चाड दशैंको बेलामा परदेशी छोरो घर आउन नपाउँदा आमा र छोराको मनको  दु:ख पिरलाई समेटिएको गीतमा रमा थपलिया र चिरन्जीवी सापकोटालगायतका कलाकारहरुको मनछुने अभिनय रहेको छ ।

गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन्, भने छायाँकन बुद्ध थापा, रमेश थापा र सो टिमको रहेको छ । जसलाई विकाश दाहालले सम्पादन गरेका छन् । गीतलाई भाइब्रेसन मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया