शाही र कँडेलसहित कर्णालीका नेतालाई बोलाइयो काठमाडाैं

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सांसद यामलाल कँडेलसहितका पदाधिकारीहरूलाई काठमाडाैं बाेलाइएकाे छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले मंगलबारकाे छलफलपछि कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं बाेलाएका हुन् ।

मुख्यमन्त्री शाहीविरुद्ध आइतबार आफ्नै पार्टीका १८ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । मुख्यमन्त्री शाहीले आफ्नो बचाउमा एक्सन लिँदै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरी सचेतक सीताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि विवाद झनै चर्किएको थियो ।

प्रदेशमा विवाद चर्किँदै गर्दा प्रचण्ड विवाद साम्य पार्ने कसरतमा थिए । साेमबार बिहानदेखि नै ओली र प्रचण्ड छलफलमा जुटेका थिए । मंगलबार पनि पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, ओली र प्रचण्डबीच छलफल भएकाे थियाे ।

छलफलपछि सहमति जुटिसकेकाे छ । उनीहरुलाई बिहीबार काठमाडौं आउन भनिएको स्रोतले जनाएको छ । विवादकै विषयमा छलफल कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारीलाई काठमाडौं बोलाएका हुन् ।

प्रतिक्रिया