कर्णाली प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन : माधव नेपाल समूहका तीनजना मन्त्री बन्‍ने

काठमाडौं । आफ्नै पार्टीका सांसदहरुबाट अविश्वासको प्रस्ताव खेपेका नेकपा कर्णाली संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग माधवकुमार नेपाल समूहकाे प्रस्ताव फिर्ता लिने सहमति भएसँगै नेपाल समूहका तीन जना मन्त्री बन्ने भएका छन् ।

नेपाल समूहले तीन मन्त्री र संसदीय दलका सचेतक पदका लागि सांसदकाे नाम समेत बुझाएकाे छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही नेपाल समूहलाई तीन मन्त्री र स‌ंसदीय दलको सचेतक पद दिन तयार भएसँगै नेपाल समूहले मन्त्री र सचेतककाे नाम बुझाएकाे हाे ।

मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापा र सचेतकमा कर्मराज शाहीकाे नाम पठाइएकाे स्राेतकाे भनाइ छ । चन्द्र शाहीलाई मन्त्री बनाउन माधव नेपाल समूहले एक वर्ष अगाडि नै नाम बुझाएको थियो । तर, मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका थिएनन् । सहमति पछि मन्त्रिपरिषद् पनि मंगलबार नै पुनर्गठन गर्ने बताइएकाे छ ।

शाहीविरूद्ध सत्तारुढ नेकपाको संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले सं‌सदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । तर कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपाल समूह त्यसलाई रोक्न सहमत भए ।

प्रतिक्रिया