आइपिएलमा सट्टेबाजी खेलाउने नाइकेसहित ७ जना पक्राउ

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा सट्टेबाजी खेलाएको आरोपमा सात जना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले सट्टेबाजीका नाइकेसहित सात जनालाई साेमबार पक्राउ गरेको हो । उनीहरूकाे साथबाट प्रहरीले १ लाख ८५ हजार १ सय २० रुपैयाँ समेत बरामद गरेकाे छ ।

पक्राउ पर्नेहरुमा भारत घर भई कमलपोखरीस्थित होटल कोर्नाकको कोठा नम्बर १०५ बुक गरेर बस्ने कुलदिप शारण, भारतकै सञ्जिव शारण, भारत कानपुरका अजय गौतम, सिन्धुपाल्चोकका प्रदीप घिमिरे, काठमाडौं कुलेश्वरका उत्तम सापकोटा, सोल्टीमोडका अनिलकुमार बमसल र नवीन जैन रहेका छन् ।

कुलदिप सट्टेबाजीका नाइके हुन् । उनलाई प्रहरीले कमलपोखरीस्थित होटल कोनार्कको १०५ नम्बर कोठाबाट पक्राउ नियन्त्रणमा लिएकाे हाे । उनीकाे साथबाट प्रहरीले एक हजार ७ सय २५ रुपैयाँ, एउटा मोबाइल र बा २६ प २१०५ नम्बरको मोटरसाइकल पनि बरामद गरेकाे छ । जारी आइपिएलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको उनीहरूमाथि अभियाेग छ ।

यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया