२ लाख नगदसहित चितवनबाट ५ जुवाडे पक्राउ

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकाबाट प्रहरीले नगदसहित ५ जना जुवाडेलाइ पक्राउ गरेको छ ।

कालिका नगरपालिका वडा नं. ४ स्थित ग्रिन टप कटेजमा जुवा खेलिरहेका ५ जनालाई ईलाका प्रहरी कार्यालय टाँडीले नगद रु २ लाख २९ हजार ७ सय ८० रुपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका ४ बस्ने ३७ बर्षीय बल बहादुर नेपाली, ३५ बर्षीय हरीराम लामा, ४० बर्षीय कुमार चौधरी, ३८ बर्षीय हरि जिसी र ३८ बर्षीय नवराज परियार रहेका ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ।

पक्राउ परेकाहरूलाई जुवा ऐन अनुसार कारवाही हुने प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया